“सहकार्यका लागि सहकारी” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै सहकारी मार्फत अर्थतन्त्रमा योगदान दिन सकिन्छ भन्ने मान्यताका साथ ०६६ मंसिर २२ गते देखि संचालनमा रहेको गोल्डेन बचत तथा ऋण सहकारी संस्था लि. सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्त, मूल्य, मान्यता र आदर्शप्रति प्रतिबद्ध रहेको छौं । हाम्रो संस्थाले “नेपालको एक उत्कृष्ट वित्तिय सहकारी” भन्ने परिकल्पना गर्दै तयार पारिएको दोस्रो त्रिवर्षीय रणनीतिक योजना पार गरी “दिगो वित्तिय सेवा प्रदान गर्ने उत्कृष्ट सहकारी” भन्ने परिकल्पनाका साथ तेस्रो चारवर्षिय रणनीतिक योजनाको तर्जुमा गरी दोस्रो वर्षमा छौं । यस संस्थालाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरको मापदण्डमा संचालन,पहिचान संस्थाको दिगो विकास र व्यवसायीकरणको लागि सहकारी विभाग र नेफ्स्कून द्धारा संचालित पुर्ण तथा व्यवसायीक साकोस विकास कार्यक्रममा सहभागी भई निरन्तर अभ्यासरत छौं । संस्थाको पूँजी, बचत, लगानी र संस्थागत पूँजीको बृद्धि गरि बचत तथा ऋण सहकारीको दिगोपना र विश्वसनियता बढाउने उचित समय आइरहेको महशुस भएको छ ।